Thaha

Sunday 22 September - 5:16 pm NST

तराई मधेशको आन्दोलन अराजकतातिर जाने डरलाग्दो  संकेत : पुर्वप्रधानमन्त्री भट्टराई


काठमण्डौं, ५ मंसिर । 
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेशको आन्दोलन अराजकतातिर जाने डरलाग्दो  संकेत देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । काठमाण्डौमा पत्रकारसँग कुरा गर्दै भट्टराईले औषधि बोकेका गाडीमा भैरहेको आक्रमण त्यसैको संकेत भएको र आन्दोलन अराजक समूहको हातमा जाने अवस्था रहेको बताउनुभयो । भट्टराईले विगतका गल्तीबाट सबैले पाठ सिकेर समस्या समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

केही सीमित व्यक्तिको चुनावी स्वार्थका कारण सीमाङ्कनको विषय समाधान हुन नसकेको भन्दै भट्टराईले अब यो विषयलाई सबैले भन्नै पर्ने अवस्था आएको बताउनुभयो । आन्दोलनकारी शक्तिलाई हेप्नु गलत हुने भन्दै भट्टराईले समस्या समाधानमा केन्द्रीत हुन सबैलाई आग्रह गर्नुभयो । भुकम्पबाट ७ खर्ब र भारतीय नाकाबन्दी अनि तराई आन्दोलनका कारण ८ खर्बको क्षति भएर नेपालको झण्डै कुल जीडीपी नै नोक्सान भैरहेको भन्दै भट्टराईले चिन्ता व्यक्त गर्नुभयो । 

अहिले अर्बौंको कालोबजारी भैरहेको र त्यसले मुलुकमा शान्ति स्थापना भएपनि शान्ति हुन नदिने भन्दै भट्टराईले कालोबजारी रोक्न सरकारलाई आग्रह गर्नुभयो । कालोबजारी नरोके अफ्रिकी मुलुक जस्तै नेपाल पनि कालोबजारीका कारण अर्को द्वन्द्वमा फस्न सक्ने पनि भट्टराईले चेतावनी दिनुभयो ।